कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय – Kanika Khabar
Saturday, April 18Nepali News Portal

कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

    मा प्रकाशित

काठमाडौं । सरकारले भदौ २३ र २४ गतेका घटना जाँचबुझ गर्न गठन भएको गौरीबहादुर कार्की आयोगले बुझाएको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।

प्रतिवेदन अध्ययनका लागि मन्त्रिपरिषद् बैठकले प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । उनले मन्त्रिपरिषद्ले यस विषयमा अध्ययन गरेर विस्तृत जानकारी गराइने बताए ।

त्यस्तै आज बसेको बैठकले रिक्त रहेको राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री अर्यालको नाम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्