रेडियन्ट अब प्रोग्रेसिभ स्कुल – Kanika Khabar
Wednesday, April 15Nepali News Portal

रेडियन्ट अब प्रोग्रेसिभ स्कुल

    मा प्रकाशित

ललितपुर– ललितपुरको सानेपा–२, मा रहेको रेडियन्ट रिडर्स एकेडेमीले आगामी शैक्षिक सत्र २०८३ देखि विद्यालयमा पूर्ण रूपमा प्रगतिशील शैक्षिक धार (Progressive Educational Approach) लागू गर्ने भएको छ। शिक्षा क्षेत्रमा नवीन अभ्यास र गुणस्तरीय रूपान्तरणको उद्देश्यसहित स्थापित रेडियन्ट रिडर्स एकेडेमीले आगामी शैक्षिक वर्ष २०८३ बाटै विद्यार्थीलाई अभ्यासमूलक, अन्वेषणमूलक तथा सिर्जनात्मक सोचमा आधारित सिकाइ प्रदान गर्दै विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्यसहित यस्तो प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो ।

विद्यालयले यो प्रणालीलाई संस्थागत रूपमा कार्यान्वयन गर्न लागेकोबारे विद्यालयका संस्थापक प्राचार्य डि.के ढुंगानाले जानकारी दिए । ‘विद्यालयले विगत पाँच वर्षदेखि क्रमिक रूपमा प्रोग्रेसिभ शिक्षण–सिकाइ अभ्यासलाई कक्षाकोठामा लागू गर्दै आएको थियो। यस अवधिमा परियोजना–आधारित सिकाइ (Project-Based Learning), समस्या समाधान केन्द्रित अध्ययन, सहकार्यात्मक सिकाइ (Collaborative Learning), तथा अनुसन्धानमुखी गतिविधिहरूलाई समेट्दै अब नयाँ शैक्षिक वातावरण निर्माण गर्न लागेका छौँ । यसले ती सबै अभ्यासलाई एकीकृत, संरचित र संस्थागत ढाँचामा रूपान्तरण गर्दै पूर्ण रूपमा प्रोग्रेसिभ प्रणाली लागू हुनेछ । ’ उनले बताए ।

प्रोग्रेसिभ पेडागोजीलाई प्रभावकारी रूपमा लागू गर्न आफ्ना शिक्षक तथा कर्मचारीहरूलाई चरणबद्ध आन्तरिक तालिम प्रदान गरिसकेको विद्यालयले जनाएको छ। शिक्षण पद्धति सुधार, मूल्यांकन प्रणालीको पुनरावलोकन तथा विद्यार्थीको समग्र विकासलाई मापन गर्ने नयाँ विधिहरू पनि विकास गरिएको विद्यालयले जनाएको छ। यसका साथै, आधुनिक कक्षाकोठा व्यवस्थापन, सिकाइमैत्री वातावरण र प्रविधिसँग समन्वित पूर्वाधार निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको संस्थापक प्राचार्य ढुंगानाले बताए ।

रेडियन्ट रिडर्स एकेडेमीले लामो समयदेखि मानव मूल्य, व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व र व्यवहारिक ज्ञानलाई केन्द्रमा राख्दै शिक्षण पद्धति विकास गर्दै आएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्