मा प्रकाशित
काठमाडौँ । पाकिस्तानको उच्चस्तरीय प्रतिनिधिमण्डल इरानतर्फ प्रस्थान गरेको छ ।
इरानी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार उक्त टोलीले इरानलाई अमेरिकाको नयाँ सन्देश पुर्याउने बताइएको छ ।
यो पहललाई अमेरिका र इरानबीच जारी कूटनीतिक संवादकै एक हिस्सा मानिएको छ । यसअघि इस्लामाबादमा भएको वार्ताबाट ठोस नतिजा ननिस्किए पनि दुवै पक्षबीच संवाद भने निरन्तर जारी रहेको बताइएको छ ।


