जेसीजको सप्ताह सुरु – Kanika Khabar
Wednesday, April 15Nepali News Portal

जेसीजको सप्ताह सुरु

    मा प्रकाशित

दाङ,२ चैत । त्रिभुवननगर जेसीजको जेसीज सप्ताह–२०२६ सुरु भएको छ । त्रिभुवननगर जेसीज घोराहीले बुधवार घोराहीमा जेसीज सप्ताह उद्घाटन तथा क्यालेन्डर बिमोचन कार्यक्रमको आयोजना गरेर जेसीज सप्ताह सुरु गरिएको हो ।

त्रिभुवननगर जेसीज घोराहीका अध्यक्ष मिनराज भाटको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवं घोराही–१५ का अध्यक्ष रमेशकुमार पाण्डेयको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमको बारेमा जानकारी गराएको थियो ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पहिलो दिन कार्यक्रम बैशाख २ गते सप्ताहव्यापी कार्यक्रमको उद्घाटन तथा क्यालेन्डर बिमोचन गरिएको जेसीज सप्ताहव्यापी कार्यक्रमका मुल संयोजक श्याम कुमार गिरीले जानकारी दिएका छन् । उनका अनुसार दोस्रो दिन बैशाख ३ गते घोराही कारागारमा सकारात्मक सोच ः नयाँ जीवनको सुरुवात कार्यक्रम, तेस्रो दिन बैशाख ४ गते त्रिभुनवनगर जेसीज सचिवालयमा ट्राफिक दुर्घटना न्यूनीकरण लागि सचेतना कार्यक्रम गर्ने भएको छ ।

त्यसैगरी चौथो दिन बैशाख ५ गते घोराही खानेपानीको घोराही–१८ स्थीत कटुवाखोलामा रहेको मुहान सरसफाई, पाँचौ दिन बैशाख ६ गते बयलडाडा चौतारी क्लवसँग सहकार्यमा स्वास्थ्यका लागि सुरक्षित व्यायाम, छैठौ दिन बैशाख ७ गते मार्क इन्टरनेशनल कलेजमा साइबर अपराध नियन्त्रणका लागि सचेतना कार्यक्रम र सातौ दिन बैशाख ८ गते जेसीज सप्ताहको समापन तथा व्यवसायिक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख नरुलाल चौधरीले समाजमा सकारात्मक सोचसँगै विपदका कार्यमा जेसीजले महत्वपूर्ण योगदान पु¥याएको चर्चा गरेका थिए । आधुनिक र प्रविधिको विकाससँगै बद्लिदै गरेको समाजका लागि सकारात्मक सोचको आवश्यक रहेको भन्दै त्यसका लागि जेसीजले सप्ताहव्यापी कार्यक्रममअन्तर्गत सञ्चालन गर्ने विभिन्न कार्यक्रमले सहयोग गर्ने बताए ।

कार्यक्रममा घोराही–१५ का अध्यक्ष रमेश पाण्डेय, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, दाङ महिला जेसीजकी अध्यक्ष अर्चना शर्मा, गुरुकुल एकेडेमीका प्राचार्य प्रदीप राजभण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्दै सप्ताहव्याी कार्यक्रमको सफलताको कामना गरेका थिए । कार्यक्रम संयोजक खेमराज भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राजन घर्तीले आस्थापाठ गराएका थिए । कार्यक्रमको सहजीकरण महासचिव बाबुराम पाण्डेले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्