मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुलमा कक्षा १२ का विद्यार्थीलाई बिदाइ – Kanika Khabar
Tuesday, April 21Nepali News Portal

मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुलमा कक्षा १२ का विद्यार्थीलाई बिदाइ

    मा प्रकाशित

दाङ — मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुलमा कक्षा १२ का विद्यार्थीलाई औपचारिक रूपमा बिदाइ गरिएको छ। कक्षा ११ का विद्यार्थीको आयोजनामा सम्पन्न कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष बिरेन्द्र चन्दले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै अनुशासन, मेहनत र लक्ष्यप्रति प्रतिबद्ध हुन सुझाव दिएका थिए। उनले विद्यालय जीवनलाई जीवनको महत्वपूर्ण आधारको रूपमा लिन आग्रह गरे।

त्यसैगरी, प्याब्सन दाङका सचिव आदिम केसी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मबहादुर केसी तथा प्रिन्सिपल चक्रबहादुर रावतले पनि मन्तव्य राख्दै बिदाइ हुने विद्यार्थीलाई सफलताको शुभकामना दिएका थिए। वक्ताहरूले सिकाइलाई निरन्तरता दिन र समाजप्रति उत्तरदायी नागरिक बन्न आग्रह गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत तथा अन्य सांस्कृतिक प्रस्तुति प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।

कक्षा ११ का छात्र हेमन्त खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रम कक्षा ११/१२ का  कोअर्डिनेटर विष्णु प्रसाद अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने कार्यक्रमको सहजीकरण कक्षा ११ की छात्रा शर्मिला खत्रीले गरेकी थिइन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्