मार्क इन्टरनेसनल कलेजमा साइबर अपराध नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न – Kanika Khabar
Wednesday, April 29Nepali News Portal

मार्क इन्टरनेसनल कलेजमा साइबर अपराध नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न

    मा प्रकाशित
दाङ । त्रिभुवननगर जेसिजको आयोजनामा दाङको घोराहीमा रहेको मार्क इन्टरनेसनल कलेजमा साइवर अपराध नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम आज सोमबार सम्पन्न भएको छ ।
जेसिज सप्ताह अन्तर्गत आज  छैठौ दिन मार्क इन्टरनेसनल कलेजमा साइबर अपराध नियन्त्रणका विद्यार्थीहरुलाई जानकारी दिने उद्देश्यले जिल्ला प्रहरी कार्यालय दाङको प्राविधिक सहयोगमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको त्रिभुवननगर जेसिजका अध्यक्ष मिनराज भाटले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी सहायक निरिक्षक सई तुलबहादुर विकेले साइवर अपराध, समाजमा यसको बढ्दो प्रयोग, साइवर अपराधबाट बच्ने उपाय लगायतका बारेमा आफ्नो प्रस्तुती राख्नु भएको थियो ।
त्रिभुवननगर जेसिजका अध्यक्ष मिनराज भाटको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि पोख्रेलले इन्टरनेट र सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइवर अपराधका घटना समेत बढ्ने गरेको भन्दै यसबाट सजक रहेर काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै मार्क इन्टरनेसनल कलेजका प्रमुख लालमणि बसेलले यस प्रकारका कार्यक्रमलाई विद्यार्थीहरुमा जागरण ल्याउने र समाजमा साइवर सम्वन्धित घटना कम गर्न सहयोग गर्ने बताउनुभयो । जेसिज सप्ताह मूल संयोजक श्यामकुमार गिरीले समाजका बिभिन्न पक्षलाई लाभ हुने गरी जेसिजले सप्ताहब्यापी कार्यक्रम नै बनाएर काम गरिरहेको बताउनुभयो ।
 आजको कार्यक्रम संयोजक संगम शर्माको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण त्रिभुवननगर जेसिजका महासचिव बाबुराम पाण्डेले गर्नुभएको थियो ।  कार्यक्रममा क्याम्पसका करिव एक सय जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । भोली मंगलवार एक औपचारिक कार्यक्रम गरी जेसिज सप्ताहको समापन गरिने त्रिभुवननगर जेसिजका अध्यक्ष मिनराज भाटले जानकारी दिनुभयो ।
"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्