कांग्रेस राष्ट्रिय सभा सचेतकमा पदमबहादुर परियार – Kanika Khabar
Wednesday, April 29Nepali News Portal

कांग्रेस राष्ट्रिय सभा सचेतकमा पदमबहादुर परियार

    मा प्रकाशित

काठमाडौँ । नेपाली काङ्ग्रेस राष्ट्रिय सभा सचेतकमा पदमबहादुर परियार मनोनित भएका छन्।  संसदीय दल नेता भीष्मराज आङ्देम्बेले आज तनहुँका सांसद परियारलाई राष्ट्रिय सभा सचेतक मनोनित गरेका हुन्।

‘नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १३ (३) बमोजिम राष्ट्रिय सभाका लागि सचेतकमा पदमबहादुर परियारलाई मनोनयन गर्नु भएको छ,’ संसदीय दलले जारी गरेको वक्तव्यमा उल्लेख छ।

यसअघि सचेतक कृष्णबहादुर रोकाया थिए।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्