रोल्पा दुर्घटना अपडेट: मृतकको संख्या २० पुग्यो, घाइते एक जनाको उद्धार – Kanika Khabar
Thursday, April 30Nepali News Portal

रोल्पा दुर्घटना अपडेट: मृतकको संख्या २० पुग्यो, घाइते एक जनाको उद्धार

    मा प्रकाशित

दाङ । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ ।

थवाङ गाउँपालिका अन्तर्गत जलजलामा रुकुमपूर्वबाट मेलामा सहभागी हुन जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप करिब ८ सय मिटर तल भिरमा खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

प्रहरीले खोजी र उद्धार कार्य जारी रहेको जनाएको छ ।

 

दुर्घटनामा परेको जिपमा वैशाख पूर्णिमाका अवसरमा लागेको मेलामा सहभागी हुन गइरहेका स्थानीय सवार रहेको बताइएको छ । घटनास्थल दुर्गम भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । घटना बारे थप विवरण आउनेक्रममा रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्