काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजा अनुसार ६५.९८ विद्यार्थी उत्तीर्ण भएका छन् ।
४८ हजार ३ सय ९२ जनाले जीपीए ३.६० देखि ४.०० सम्म ल्याएका छन्।जीपीए ३.२० देखि ३.६० सम्म ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ भने २.८० देखि ३.२० सम्म ९४ हजार २२२ विद्यार्थी छन्। २.४० देखि २.८० सम्म ५५ हजार ९७७, २.०० देखि २.४० सम्म ५ हजार १९० र १.६० देखि २.०० सम्म ७ जना विद्यार्थी छन्।
१ लाख ४६ हजार ५०७ विद्यार्थीले ननग्रेडेड भएका छन् ।


