एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि – Kanika Khabar
Monday, May 11Nepali News Portal

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

    मा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार १ लाख ४६ हजार ५०७ विद्यार्थीले ननग्रेडेड भएका छन् ।
एसइईको पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी अअसार १ गते सोमबारदेखि हुने बोर्डले जनाएको छ । परीक्षा असार ९ गतेसम्म सञ्चालन हुनेछ ।

अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्