विश्व उच्च रक्तचाप दिवस मनाइदै – Kanika Khabar
Sunday, May 17Nepali News Portal

विश्व उच्च रक्तचाप दिवस मनाइदै

    मा प्रकाशित

काठमाडौं । आज विश्व उच्च रक्तचाप दिवस मनाइदैछ । विभिन्न सचेतनामूलक कार्यक्रम गरेर विश्वभर आज यो दिवस मनाइदैछ । यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो ।

पछिल्लो समय धेरै मानिसमा उच्च रक्तचापको समस्या देखिएको छ । विभिन्न कारणले गर्दा यो समस्या डरलाग्दो रुपमा बढ्न थालेको छ । खानपान र जीवनशैलीका कारण रक्तचापको समस्या बढेको भन्दै चिकित्सकहरुले यसप्रति सचेत गराउदै आएका छन् ।

२०१६ मा नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्वेले पनि उच्च रक्तचाप नेपालीहरुका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ । सर्वेमा २५ प्रतिशत वयष्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ । शहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ । डाक्टरहरुका अनुसार असन्तुलित खानपान, शारीरिक अभ्यासको कमी र तनावका कारणले उच्च रक्तचाप बढिरहेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्