लुम्बिनी प्रदेश सभा को बैठक आज बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेस हुने – Kanika Khabar
Thursday, May 21Nepali News Portal

लुम्बिनी प्रदेश सभा को बैठक आज बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेस हुने

    मा प्रकाशित

दाङ । लुम्बिनी प्रदेश सभा को आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ ।

बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यसूची रहेको छ । त्यसैगरी, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की ले आगामी आर्थिक वर्षको ‘बजेटका सिद्धान्त र प्राथमिकता’सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिनुभएको छ ।

यस्तै, मुख्यमन्त्री चेतनारायण आचार्य ले‘महालेखा परीक्षकको पाँचौं वार्षिक प्रतिवेदन, २०७९’ सभामा पेश गर्नुहुनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्