काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट खेलाडीको नयाँ केन्द्रीय सम्झौता सार्बजनिक गरको छ ।
क्यानले २५ महिला खेलाडीसँग केन्द्रीय सम्झौता गर्दै चार श्रेणीमा बर्गिकरण गरेर मासिक पारिश्रमिक दिने भएको छ ।
महिलातर्फ ए श्रेणीमा कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महतो, पूर्वकप्तानद्वय रुविना क्षेत्री र सिता रानामगरलाई राखिएको छ । उनीहरुलाई क्यानले मासिक ५५ हजार पारिश्रमिक दिने जानकारी दिएको छ ।
त्यस्तै बी श्रेणीमा कविता कुँवर, सम्झना खड्का र मनिषा उपाध्याय रहेकी छन् । उनीहरुले मासिक ४० हजार पारिश्रमिक पाउने छन् । त्यस्तै सी श्रेणीमा विन्दु रावल, कबिता जोशी, रुबी पोदार र रिया शर्मा रहेका छन् । उनीहरुले मासिक ३० हजार पारिश्रमिक पाउने छन् । त्यस्तै डी समुह (डेभलपमेन्ट) मा रोमा थापा, सुमन विष्ट, इश्वरी विष्ट, सोनी पाख्रिन, साना प्रविन, सावित्री धामी, काजल श्रेष्ठ, सीमाना केसी, अनु कडायत, यशोदा विष्ट, लक्ष्मी साउद, ममता चौधरी, अश्मिना कर्माचार्य र रचना चौधरी रहेका छन् । उनीहरुले मासिक २५ हजार पारिश्रमिक पाउने क्यानले जनाएको छ ।
क्यानका अनुसार महिला तथा पुरुष खेलाडीलाई म्याच फि को रुपमा हरेक टी- २० खेल बापत १० हजार र एकदिवसीय खेल बापत १५ हजार अलग्गै पाउने जानकारी दिएको छ ।


