पहिरो अपडेट : मुख्यमन्त्री पौडेलद्वारा लिदी पहिरोबाट विस्थापितलाई सुरक्षित आवासको प्रतिबद्धता , मृतकको सङ्ख्या १६ पुग्यो – Kanika Khabar
Friday, October 23Nepali News Portal

पहिरो अपडेट : मुख्यमन्त्री पौडेलद्वारा लिदी पहिरोबाट विस्थापितलाई सुरक्षित आवासको प्रतिबद्धता , मृतकको सङ्ख्या १६ पुग्यो

    मा प्रकाशित

कनिका खबर
साउन ३१, सिन्धुपाल्चोक ।
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हिजो बिहान गएको पहिरोबाट विस्थापित भएका जुगल गाउँपालिका वडा नम्बर–२ लिदीका स्थानीयलाई सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् । बाग्मती प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल, सांसद सुरेश नेपाल सहित राहत लिएर घटनास्थल पुग्दै मुख्यमन्त्री पौडेलले लिदी घटनाले सरकारको ध्यानार्कषण भएको बताए ।

मुख्यमन्त्री पौडेलले तत्कालका लागि अस्थायी बसोबासको व्यवस्था गर्ने र सरोकारवाला निकाय सँगको छलफलपछि पहिरोबाट विस्थापितलाई स्थायी आवासको प्रबन्ध मिलाउने बताए । पीडित परिवारलाई भेट्दै मुख्यमन्त्री पौडेलले जोखिम क्षेत्रका पीडितको सुरक्षित आवासको व्यवस्था गर्ने बताए । मुख्यमन्त्रीको टोली चिउरा, चाउचाउ, बिस्कुट, नुन, भाँडाकुँडा, लत्ता कपडालगायतका सामग्री लिएर लिदी पुगेको थियो । हिजो बिहान बस्तीमाथिको डाँडो भासिँदा १६ जनाको मृत्यु भएको छ भने २२ जना अझै बेपत्ता छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्