धनगढीबाट कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ – Kanika Khabar
Wednesday, June 10Nepali News Portal

धनगढीबाट कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

    मा प्रकाशित

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–५ स्थित सत्कार चोक नजिकबाट कटुवा पेस्तोल तथा विभिन्न शंकास्पद सामग्रीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत घर भई हाल सत्कार चोक नजिक डेरा गरी बस्दै आएका २४ वर्षीय साहिल खान रहेका छन् ।

मंगलबार राति करिब १०: २५ बजे प्राप्त विशेष सूचनाका आधारमा प्रहरीले खान बस्दै आएको कोठामा खानतलासी गरेको थियो । सो क्रममा प्रहरीले एक थान कटुवा पेस्तोल, एक थान रेन्च, एक थान चाँदीको करुवा, चाँदीजस्तो देखिने दुई थान घाँटीमा लगाउने माला, दुई थान टर्चलाइट, एक थान फलामको रड, एक थान डिजिटल काटा तथा एक थान खुकुरी बरामद गरेको जनाएको छ ।

बरामद गरिएका सामग्रीसहित पक्राउ परेका खानलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्