दाङभ्याली कलेजमा कक्षा ११ का विद्यार्थीहरूलाई अभिमुखीकरण – Kanika Khabar
Monday, June 15Nepali News Portal

दाङभ्याली कलेजमा कक्षा ११ का विद्यार्थीहरूलाई अभिमुखीकरण

    मा प्रकाशित

दाङ । दाङको घोराहीस्थित दाङभ्याली कलेजका कक्षा ११ का विद्यार्थीहरूलाई एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आज सोमबार कलेजले एक समारोहकाबिच कक्षा ११ का विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा शिक्षा समूहका विद्यार्थीलाई प्रा.डा.बिनबहादुर सिंह वलीले, व्यवस्थापन समूहका विद्यार्थीलाई ईश्वरी प्रसाद घिमिरेले र विज्ञान समूहका विद्यार्थीलाई हुकुम पौडेलले अभिमुखीकरण गराएका थिए ।
कार्यक्रममा कलेजका क्याम्पस प्रमुख बिष्णु बहादुर बञ्जाडेले कलेजको नीति नियम तथा पठनपाठनका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा कक्षा १२ विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए ।

कलेजका अध्यक्ष प्रा.डा.बिनबहादुर सिंह वलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । प्रा.डा. धरणीकुमार शर्माको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सहजीकरण प्राध्यापक थम्मन बस्नेतले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्