स्वास्थ्यमन्त्री मेहतासँग गणतन्त्र कोरियाका राजदूत पार्कबीच शिष्टाचार भेटवार्ता – Kanika Khabar
Tuesday, June 16Nepali News Portal

स्वास्थ्यमन्त्री मेहतासँग गणतन्त्र कोरियाका राजदूत पार्कबीच शिष्टाचार भेटवार्ता

    मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयङ पार्कबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मंगलबार भएको भेटमा नेपाल र गणतन्त्र कोरियाबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको हो । विशेषगरी स्वास्थ्य बीमा कार्यक्रम, स्वास्थ्य जनशक्तिको क्षमता अभिवृद्धि, स्वास्थ्य पूर्वाधार सुदृढीकरण, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य पर्यटन प्रवर्द्धन तथा जडीबुटी र औषधि उत्पादनका क्षेत्रमा सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।

यस अवसरमा मन्त्री मेहताले कोरियामा कार्यरत नेपाली कामदारहरूको स्वास्थ्य सुरक्षा तथा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न विशेष ध्यान दिन आग्रह गरेकी थिइन् ।

जवाफमा राजदूत तेयङ पार्कले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा गणतन्त्र कोरिया सरकार निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्य अझ सुदृढ र परिणाममुखी हुने विश्वास व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्