चितवनमा म्याजिक र स्कार्पियो ठोक्किँदा ८ जना घाइते – Kanika Khabar
Tuesday, June 16Nepali News Portal

चितवनमा म्याजिक र स्कार्पियो ठोक्किँदा ८ जना घाइते

    मा प्रकाशित

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ दासढुङ्गास्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा म्याजिक र स्कार्पियो एकआपसमा ठोक्किँदा ८ जना घाइते भएका छन्।

मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना १ ज ४८७६ नम्बरको म्याजिक र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश ३–०१–०२२ च १७५८ नम्बरको स्कार्पियो ठोक्किँदा दुवै सवारीसाधनमा सवार यात्रु घाइते भएका हुन्।

म्याजिकमा सवार घाइते हुनेमा नवलपरासीको गैँडाकोट नगरपालिका–४ निवासी ४९ वर्षीया गौरी लामिछाने, सोही स्थानकी २८ वर्षीया मनिषा आले, उनका २० महिनाका छोरा पिन्स आले, चितवनको भरतपुर महानगरपालिका–१ निवासी २७ वर्षीया सीता दानी, इच्छाकामना गाउँपालिका–६ निवासी २४ वर्षीया रचना गुरुङ र सोही स्थानका ५३ वर्षीय कान्छा दागी रहेका छन् ।

यस्तै, स्कार्पियोमा सवार घाइते हुनेमा सर्लाहीको हरिवन नगरपालिका–८ निवासी ४५ वर्षीया कविता अग्रवाल र उनका श्रीमान् ५३ वर्षीय शशि भसाल अग्रवाल रहेका छन्।

घाइते सबैको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनापछि म्याजिक चालक उदयपुरको चौदण्डीगढी नगरपालिका–४ निवासी ३९ वर्षीय अशोक परियार तथा स्कार्पियो चालक सर्लाहीको हरिवन नगरपालिका–२ निवासी ३४ वर्षीय अशोककुमार महत कैडीलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्