दाङमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ – Kanika Khabar
Wednesday, June 17Nepali News Portal

दाङमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

    मा प्रकाशित

दाङ । तुलसीपुर उपमहानगरपालिकामा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार तुलसीपुरका २२ वर्षीय चुडामणि डाँगीले घरभित्रै बालिकामाथि जबरजस्ती करणी गरेको आरोप छ । घटनापछि उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षणसहित आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्