मा प्रकाशित
दाङ । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीको आयाेजनामा आधारभूत तह कक्षा ६ देखि ८ सम्मकाे हाजिरी जवाफ प्रतियोगिता शनिबार जनज्योति विद्यामन्दिर घाेराहीमा सम्पन्न भएकाे छ।प्याब्सन घाेराहीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् घाेराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालकाे प्रमुख आतिथ्यतामा प्रतियोगिता सञ्चालन गरिएकाे थियाे । प्रतियोगितामा जनज्योति विद्यामन्दिरका साहाना उप्रेती, भिमसेन थापा र पुजनदेव खड्काकाे समूह प्रथम भएकाे छ भने मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुलका विपुल यादव, चेतना सुनार र सुप्रिम विश्वकर्माकाे समूह द्वितीय भएकाछन् । यसैगरी दीपशिखा सेकेन्डरी बाेर्डिङ स्कुलका सदिक राजभण्डारी, सराेज विष्ट र सम्बिदा अधिकारीकाे समूह तृतीय र सभ्यता पाठशालाका आभाष घर्ती मगर, सुमेधा झा, युनिक ओलीकाे समूह सान्त्वना भएकाछन् ।
४१ विद्यालयहरुकाे सहभागीता रहेकाे प्रतियोगिताकाे छनाैट चरणमा पाँच ओटा समूहमा ती विद्यालयहरुलाई विभाजन गरि प्रत्येक समूहका प्रथम र द्वितीयलाई फाइनल चरणमा प्रतिस्पर्धा गराइएकाे थियाे । फाइनल चरणमा ज्ञानमाला एकेडेमी, सिद्धार्थ एकेडेमी, ज्ञानकुञ्ज इङ्लिस मिडियम स्कुल, दीपशिखा आमावि, ज्ञानाेदय सेकेन्डरी इङलिस स्कुल, मदन भण्डारी मेमाेरियल स्कुल, सभ्यता पाठशाला, ज्ञानसिन्धु उमावि, मेचिकाली सेकेन्डरी बाेर्डिङ स्कुल र जनज्योति विद्यामन्दिरले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियाेगिताकाे उद्घाटन समाराेहमा बाेल्दै प्रमुख अतिथि घाेराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालले हाजिरी जवाफ प्रतियोगिताले विद्यार्थीहरुकाे बाैद्धिक क्षमताकाे विकास गर्ने बताउनुभयाे । उहाँले नेपालकाे बाैद्धिक ज्ञानकाे स्तर बृद्धिमा यस्ता प्रतियोगिताले थप टेवा पुर्याउने भन्दै विद्यार्थीहरुलाई प्राेत्साहित गर्नुभयाे ।
कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेशका उपाध्यक्ष अमर सुवेदी, जिल्ला अध्यक्ष निर्मल न्याैपाने, वरिष्ठ उपाध्यक्ष विरेन्द्र चन्द र जनज्योति विद्या मन्दिरका प्रिन्सिपल पिताम्बर शाहले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।
नगर उपाध्यक्ष मानसिंह घर्तीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण नगर सचिव विमल भण्डारीले गर्नुभएको थियाे ।
प्रतियोगिताकाे छनाैट चरणमा क्विज मास्टरकाे भूमिकामा नवराज खत्री, श्रवण चाैधरी, राजेन्द्र चन्द, स्वस्तिमा एमसी र गाेविन्द बसेल रहनुभएकाे थियाे भने फाइनल चरणमा नगर सदस्य डिल्लीराज शर्मा रहनुभएकाे थियाे ।


