यस्तो छ रास्वपा महाधिवेशनको दोस्रो दिनको कार्यतालिका – Kanika Khabar
Monday, June 22Nepali News Portal

यस्तो छ रास्वपा महाधिवेशनको दोस्रो दिनको कार्यतालिका

    मा प्रकाशित

काठमाडौँ । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको दोस्रो दिनको कार्यतालिका सार्बजनिक भएको छ ।

दोस्रो दिनको बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुदैछ । महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आज दोस्रो सत्रको प्रारम्भ बिहान साढे ८ बजेदेखि हुनेछ । दोस्रो दिन अनुशासन आयोगले प्रतिवेदन प्रस्तुत गर्ने छ भने त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने छन् । त्यसपछि १० बजेदेखि १०: ४५ बजेसम्म महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने छन् र त्यसमा छलफल हुने छ ।

त्यस्तै आज ११: ४५ बजेदेखि सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् ।  प्रतिवेदन पारित गरेपछि पार्टीको अन्तरिम व्यवस्थापन समिति घोषणा गरेर आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने महामन्त्री बुर्लाकोटीले जानकारी दिएका छन् ।

त्यसपछि रास्वपाको निर्वाचन आयोगले यस अघि सार्बजनिक गरेको कार्यतालिका अनुसारको निर्वाचनको प्रक्रिया शुरु हुने कार्यतालिका रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्