कांग्रेस नेता राजेन्द्र खरेलको निधन – Kanika Khabar
Monday, June 22Nepali News Portal

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

    मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन भएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको ८० वर्षको उमेरमा गएराति निधन भएको हो ।

खरेल विसं २०५६ को आम निर्वाचनमा काभ्रेबाट संसद् सदस्य निर्वाचित भएका थिए । खरेल २०५६ सालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुदा शिक्षा राज्यमन्त्री बनेका थिए ।

स्वर्गीय खरेलको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजेदेखि ११ बजेसम्म ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा राखिने र केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पण गरेपछि दिउँसो १ बजे पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिने काँग्रेस नेता मधु आचार्यले जानकरी दिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्