वीरगन्ज महानगरले ल्यायो चार अर्ब ४२ करोडको बजेट – Kanika Khabar
Wednesday, June 24Nepali News Portal

वीरगन्ज महानगरले ल्यायो चार अर्ब ४२ करोडको बजेट

    मा प्रकाशित

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि चार अर्ब ४२ करोड ३४ लाखको बजेट ल्याएको छ ।

बुधबार महानगरको नगरसभाको २० औं अधिवेशनमा महानगरका कार्यवाहक मेयर इम्तियाज आलमकातर्फबाट नगरकार्यपालिका सदस्य जगत साह कानुले आगामी आर्थिक वर्षका लागि चार अर्ब ४२ करोड ३४ लाखको आय-व्ययसहितको बजेट प्रस्तुत गरेका हुन् ।

वीरगन्ज महानगरको बजेटमा चालू खर्चतर्फ दुई अर्ब ४० करोड ३४ लाख अर्थात् ५४.३ प्रतिशत तथा पुँजीगत खर्चतर्फ १ अर्ब ९६ करोड ९९ लाख अर्थात् ४४.६ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ पाँच करोड अर्थात् १.१ प्रतिशत रहेको छ ।

आगामी आर्थिक वर्षको बजेटमा अनुमानित खर्च व्यहोर्ने स्रोतहरुमा संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख, आन्तरिक राजश्वबाट १ अर्ब ४८ करोड,संघीय राजश्व बाँडफाँटबाट २४ करोड ६८ लाख, प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख, घरजग्गा रजिष्ट्रेशन शुल्क बापत ४५ करोड र गत वर्षको नगद मौज्दातबाट चार करोड ६९ लाख तथा नगर विकास कोषबाट १५ करोड व्यहोरिने उल्लेख छ ।

बजेटमा शिक्षा र स्वास्थ्य सेवा, महानगरको सरसफाई व्यवस्थापन, वन तथा वातावरण संरक्षण, कृषि ,पर्यटन र उद्योग, गुणस्तरीय भौतिक पूर्वाधार र प्रविधिमा आधारित सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्