रास्वपा केन्द्रीय सदस्यका उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक – Kanika Khabar
Wednesday, June 24Nepali News Portal

रास्वपा केन्द्रीय सदस्यका उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक

    मा प्रकाशित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ । बुधबार दिउँसो निर्वाचन आयोगले उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो ।

९९ केन्द्रीय सदस्यका निम्ति ३८४ जनाको उमेदवारी परेको छ । नामावली सार्वजनिकसँगै दाबीविरोध, उमेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । त्यसपछि मतदान हुने जनाइएको छ ।

रास्वपाको महाधिवेशन चिवतनमा जारी छ । जारी महाधिवेशनमा आज बिहान ९ बजेबाट हुने भनिएको मतदान अझै सुरु हुन सकेको छैन ।

सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया धमाधम भइरहेको छ ।

Preliminary-List-of-Candidates

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्