रास्वपाको केन्द्रीय सदस्यको निर्वाचनमा २ हजार ९५९ मत खस्यो – Kanika Khabar
Thursday, June 25Nepali News Portal

रास्वपाको केन्द्रीय सदस्यको निर्वाचनमा २ हजार ९५९ मत खस्यो

    मा प्रकाशित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदान सकिएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार नयाँ नेतृत्व चयनका लागि भएको उक्त मतदानमा कुल २ हजार ९५९ मत खसेको छ ।

अब एप मार्फत प्रवासका प्रतिनिधिहरुले मतदान गर्नेछन् र त्यसपछि मतपरिणाम घोषणा हुने निर्वाचन आयोगले बताएको छ ।

केन्द्रीय सदस्यमा निर्वाचित मात्र पदाधिकारीमा उम्मेदवार हुन पाउने हुनाले मतपरिणाम सार्वजनिक भएलगत्तै पदाधिकारीहरूको चयनका लागि पनि मतदान प्रक्रिया अघि बढाइने बताइएको छ ।

पदाधिकारीतर्फ खुला उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र दुई महिला सहमहामन्त्री पदका लागि चुनाव हुदै छ । पार्टीका सभापति पदमा भने रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् भने वरिष्ठ नेतामा बालेन्द्र शाहलाई मनोनित गर्ने विधानमै व्यवस्था गरिएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्