काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय निर्वाचन कार्यतालिका ५ औँ संशोधनसहित प्रकाशित गरेको छ। प्रवासबाहेक पहिलो चरणको निर्वाचन गरेको रास्वपाको निर्वाचन आयोगले नयाँ कार्यतालिका ल्याएको हो।
कार्यतालिकाअनुसार बिहीबार साँझ साढे ६ बजेदेखि ७ बजेसम्म पदाधिकारीका लागि फारम वितरण तथा दर्ता हुनेछ । त्यस्तै ७:३० बजे उमेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित हुनेछ ।
त्यस्तै ८:४५ बजे अन्तिम नामावली प्रकाशित हुनेछ भने ८:४५ देखि ९:१५ सम्म मौन अवधि रहनेछ ।
त्यस्तै ९:१५ देखि १२:१५ सम्म मतदान हुने र शुक्रबार बिहान १:३० बजे परिणाम घोषणा हुने जनाइएको छ ।


