रञ्जु दर्शनाले पनि फिर्ता लिइन् उम्मेदवारी , विपिन आचार्यलाई समर्थन – Kanika Khabar
Friday, June 26Nepali News Portal

रञ्जु दर्शनाले पनि फिर्ता लिइन् उम्मेदवारी , विपिन आचार्यलाई समर्थन

    मा प्रकाशित

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिएकी रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्।

उनले महामन्त्री पदका उम्मेदवार विपिनकुमार आचार्यलाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएकी हुन्।

चितवनको भरतपुरमा असार ७ गतेदेखि रास्वपा महाधिवेशन जारी छ। पदाधिकारीमा आज चुनाव गर्ने तयारी छ।

महमन्त्री पदमा सुरूमा १० जनाले उम्मेदवारी दिएका थिए। अब ४ जनाबीच प्रतिस्पर्धा हुने देखिएको छ।

मनिष झा, विपिन आचार्य, गणेश कार्की र सागर ढकालबीच प्रतिस्पर्धा हुन लागेको हो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्