विश्वकपको समुह के बाट कोलम्बिया र पोर्चुगलसँगै डिआर कंगो पनि नकआउट चरणमा – Kanika Khabar
Sunday, June 28Nepali News Portal

विश्वकपको समुह के बाट कोलम्बिया र पोर्चुगलसँगै डिआर कंगो पनि नकआउट चरणमा

    मा प्रकाशित

काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको समुह के बाट कोलम्बिया समुह विजेता बनेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा पोर्चुगलसँग गोल रहित बराबरी खेलेपछि कोलम्बिया ३ खेलमा ७ अंकसहित समुह विजेता बनेर नकआउट चरणमा पुगेको हो । त्यस्तै ३ खेलमा ५ अंकसहित समुहको उपविजेता बन्दै पोर्चुगल नकआउट चरणमा पुगेको छ ।

त्यसैगरी यसै समुहको अर्को खेलमा डिआर कंगोले उज्बेकिस्तानलाई ३-१ गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा पुगेको छ । १-० गोलले पछि परेको कंगोले खेलमा पुनरागमन गर्दै जित हासिल गरेको थियो ।  कंगो छनौट भएसँगै दक्षिण कोरिया विश्वकपबाट बाहिरिएको छ ।

अब नकआउट चरणमा कोलम्बियाले घानाको सामना गर्ने छ भने पोर्चुगलले क्रोसियाको सामना गर्ने छ । त्यस्तै डिआर कंगोले इङल्याण्डको सामना गर्ने छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्