काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई गोली प्रहार गरेर हत्या गर्ने भन्दै पेस्तोल बोकेका दुई जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको मुखियापट्टीका कमन यादव र सुधिर मुखिया छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले यादव र मुखियाबाट एक थान पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको छ ।
धनुषाका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक रुपेश खड्काका अनुसार यादव र मुखियाले नसाको सुरमा जथाभावी बोल्दै हिँडेको थाहा पाएपछि पक्राउ गरिएको हो ।
एउटा भिडियोमा यादव र मुखियाले प्रधानमन्त्री ‘बालेनले गाउँ चम्काइदिन्छु भनेर भोट हालेको तर केही गरेन’ भन्दै गोली हान्ने योजनामा रहेको बताएका छन् ।


