नेप्से २४.६३ अंकले घट्यो, ३ अर्ब २५ करोडको कारोबार – Kanika Khabar
Tuesday, June 30Nepali News Portal

नेप्से २४.६३ अंकले घट्यो, ३ अर्ब २५ करोडको कारोबार

    मा प्रकाशित

काठमाडौँ । नेप्सेमा आजपनि गिरावट आएको छ । आज मंगलबार नेप्से २४.६३ अंकले घटेर २६०८.३३ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३६५ कम्पनिका ८७ लाख ३७ हजार ३९२ कित्ता शेयर ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी स्नो रिभरको शेयर १४.९९ प्रतिशतले बढेको छ भने कर्पोरेट विकास बैंकको शेयर १३.०४ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी टक्सार पिखुवा खोलाको शेयर १४०.३ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी सिद्धार्थ बैंकको १३ करोड ३९ लाख बराबरको कारोबार भएको छ भने टक्सार पिखुवा खोलाको ११ करोड ३२ लाख बराबरको कारोबार भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्