सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ- मन्त्री तिमिल्सिना – Kanika Khabar
Tuesday, June 30Nepali News Portal

सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ- मन्त्री तिमिल्सिना

    मा प्रकाशित

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी रूपमा अघि बढिरहेको बताएका छन् ।

हुलाक सेवा विभागले आयोजना गरेको हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा मन्त्री तिमिल्सिनाले परम्परागत हुलाक सेवालाई प्रविधिमैत्री सरकारी कुरियर सेवाका रूपमा विकास गरिएको बताउँदै राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षण प्रतिवेदनलगायतका सरकारी कागजात घरमै पुर्‍याउने व्यवस्था विस्तार हुँदै गएको जानकारी दिए ।

मन्त्री तिमिल्सिनाले डिजिटल प्रविधिको विस्तारसँगै हुलाक सेवाको स्वरूप परिवर्तन भए पनि यसको आवश्यकता अझै कायम रहेको उल्लेख गर्दै समयअनुकूल आधुनिकीकरण र सेवा विस्तार आवश्यक रहेको बताए । साथै सार्वजनिक सेवा प्रभावकारी बनाउन सरकारी तथा निजी क्षेत्रबीच सहकार्य र संस्थागत सुधार अपरिहार्य रहेको उनको भनाइ थियो।

हाल सात सरकारी निकायसँग सहकार्य गरेर सरकारी कुरियर सेवा सञ्चालन भइरहेको छ । आगामी दिनमा देशभरका हुलाक कार्यालयलाई क्रमशः ‘स्मार्ट हुलाक’मा रूपान्तरण गर्दै नागरिकलाई सहज, सुरक्षित र छिटो सेवा उपलब्ध गराउने योजना कार्यान्वयन भइरहेको छ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्