२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, ११६ जना घाइते – Kanika Khabar
Wednesday, July 1Nepali News Portal

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, ११६ जना घाइते

    मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ११६ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश र लुम्बिनी प्रदेशमा २-२ जना र कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ११६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १९ जना घाइते भएका छन् भने काठमाडौँमा ११ जना घाइते भएका छन् । त्यस्तै कोशीमा ४३ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा १३ जना घाइते भएका छन् भने काठमाडौँ बाहेक बागमतीमा १३ जना, कर्णाली प्रदेशमा ७ जना, सुदूरपश्चिममा १ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्