‘पहाडी क्षेत्रका विमानस्थलमा यात्रुको समस्या, २१ बन्द अवस्थामा’ – Kanika Khabar
Thursday, July 2Nepali News Portal

‘पहाडी क्षेत्रका विमानस्थलमा यात्रुको समस्या, २१ बन्द अवस्थामा’

    मा प्रकाशित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले देशभर २१ विमानस्थल बन्द रहेको जानकारी दिएका छन् ।

बुधबार राष्ट्रियसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री पौडेलले यात्रु अभावका कारण पहाडी क्षेत्रका अधिकांश विमानस्थलमा नियमित उडान गर्न समस्या भएको बताउदै हाल २१ विमानस्थल बन्द अवस्थामा रहेको जानकारी दिएका हुन् ।

मन्त्री पौडेलले पहाडी क्षेत्रका अधिकांश विमानस्थलहरूबाट उडान सञ्चालन हुन नसक्नुको मुख्य कारण यात्रु संख्याकै अभाव देखिने गरेको बताए । उनले देशमा जम्मा ५५ वटा विमानस्थलहरू रहेकोमा  ३४ वटा विमानस्थलहरू सञ्चालन योग्य अवस्थामा र २१ वटा विमानस्थल हाल बन्द अवस्थामा रहेको बताए ।

उनले नागरिक उड्ययन प्राधिकरणसँग प्राविधिक जनशक्ति र उपकरणको कुनै कमी नरहेको तर उडान नै नभएको ठाउँमा जनशक्ति राख्नुभन्दा हाल उडान भइरहेका अन्य विमानस्थलहरूमा परिचालन गरिएको बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्