२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, ८४ जना घाइते – Kanika Khabar
Thursday, July 2Nepali News Portal

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, ८४ जना घाइते

    मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ३ जना, गण्डकीमा २ जना तथा बागमती र सुदूरपश्चिममा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ८४ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३० जना घाइते भएका छन् भने काठमाडौँमा १२ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २३ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ८ जना घाइते भएका छन् भने काठमाडौँ बाहेक बागमतीमा ७ जना र सुदूरपश्चिममा ४ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्