पोखरामा मापसे गरी स्कुल भ्यान चलाउदा दुर्घटना: दुई विद्यार्थी घाइते, चालक पक्राउ – Kanika Khabar
Friday, July 3Nepali News Portal

पोखरामा मापसे गरी स्कुल भ्यान चलाउदा दुर्घटना: दुई विद्यार्थी घाइते, चालक पक्राउ

    मा प्रकाशित

पोखरा । कास्कीको पोखरा महानगर- १७ मुस्ताङचोकमा मादक पदार्थ सेवन गरी विद्यालयको भ्यान चलाउँदा दुर्घटना भएको छ । दुर्घटनामा दुई जना विद्यार्थी सामान्य घाइते भएका छन् भने चालकलाई पक्राउ गरिएको छ ।

हेप्पी बोर्डिङ स्कुलको ग १ क ६६२२ नम्बरको भ्यान बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा पोखरा म.न.पा. ६ दिगोपाटनका १६ वर्षीय अमृत परियारको बायाँ खुट्टामा सामान्य चोट लागेको छ । यस्तै, पोखरा म.न.पा. १८ सेदीका १६ वर्षीय अंकित कुँवरको दायाँ हात र खुट्टामा सामान्य चोट लागेको छ।

घाइते दुवै विद्यार्थीलाई उपचारका लागि नमस्ते अस्पताल पठाइएको छ। उनीहरूको उपचार भइरहेको छ ।

दुर्घटनापछि सम्पर्कविहीन भएका स्याङ्जाको फेदीखोला गा.पा. २ बस्ने ५२ वर्षीय चालक बलराम भण्डारीलाई नियन्त्रणमा लिइएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा चालकले मादक पदार्थ सेवन गरेको खुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्