सप्तरीको भेटेरिनरी अस्पतालका प्रमुख र सवारी चालक घुससहित पक्राउ – Kanika Khabar
Monday, July 6Nepali News Portal

सप्तरीको भेटेरिनरी अस्पतालका प्रमुख र सवारी चालक घुससहित पक्राउ

    मा प्रकाशित

राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवलाई नियन्त्रणमा लिएको छ ।

आयोगका अनुसार राजविराज नगरपालिका–३ स्थित उक्त कार्यालयमा कार्यरत उनीहरूले भ्याक्सिनेटरहरूलाई सेवा उपलब्ध गराएबापत पाउनुपर्ने भुक्तानी रकमको २० प्रतिशत कमिसन माग गरेको भन्ने उजुरीका आधारमा इटहरी कार्यालयबाट खटिएको टोलीले कारबाही गरेको हो ।

टोलीले चालक यादवलाई सेवाग्राहीबाट घुसस्वरूप ३३ हजार ३५० रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । त्यसक्रममा ४८ हजार ७० रुपैयाँ स्रोत नखुलेको नगदसहित कुल ८१ हजार ४२० रुपैयाँ बरामद गरिएको आयोगले जनाएको छ ।

त्यसैगरी, एक लाख २९ हजार रुपैयाँ बराबरका चार थान चेक, एक थान मोबाइल तथा निमित्त कार्यालय प्रमुख डा. दासको साथबाट एक थान मोबाइल र एक लाख २५ हजार रुपैयाँ बराबरको एक थान चेकसमेत बरामद गरिएको छ । आयोगले दुवै जनालाई आइतबार नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्