विश्वकपबाट आयोजक अमेरिका बाहिरियो, जितसँगै बेल्जियम क्वाटरफाइनलमा petrol – Kanika Khabar
Tuesday, July 7Nepali News Portal

विश्वकपबाट आयोजक अमेरिका बाहिरियो, जितसँगै बेल्जियम क्वाटरफाइनलमा petrol

    मा प्रकाशित

काठमाडौँ । फोलारिन बालोगुन पुनः टोलीमा फर्किए पनि अमेरिका फिफा विश्वकप फुटबलबाट बाहिरिएको छ । अन्तिम १६ को खेलमा बेल्जियमले अमेरिकामाथि ४-१ को प्रभावशाली जित दर्ता गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

बेल्जियमको जितमा चार्ल्स डे केटेलारेले दुई गोल गरे भने हान्स भानाकेनले अमेरिकी गोलरक्षक म्याट फ्रिसेको गम्भीर गल्तीको फाइदा उठाउँदै अर्को गोल थपे ।त्यस्तै  इन्जुरी समयमा रोमेलु लुकाकुले नजिकैबाट शक्तिशाली प्रहार गर्दै बेल्जियमको चौथो गोल गरेका थिए ।

योसँगै पछिल्ला पाँच विश्वकपमध्ये अमेरिकाले चार पटक अन्तिम १६ चरणमै यात्रा टुंग्याएको छ । सन् २०१८ मा भने अमेरिका विश्वकपका लागि छनोट हुन नै सकेको थिएन । सन् २०१४ को विश्वकपमा पनि बेल्जियमले अमेरिकालाई अन्तिम १६ बाटै बाहिरिएको थियो। त्यसबेला खेल अतिरिक्त समयसम्म पुगेको थियो भने यसपटक बेल्जियम सुरुदेखि नै हावी देखियो ।

अब बेल्जियमले क्वाटरफाइनलमा स्पेनको सामना गर्ने छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्