मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा – Kanika Khabar
Friday, July 10Nepali News Portal

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा

    मा प्रकाशित

काठमाडौं । मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनल चरणमा प्रवेश गरेको छ ।

मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्सले सेमिफाइनल यात्रा सुनिश्चित गरेको हो ।खेलको पहिलो हाफमा मोरक्कोले फ्रान्सलाई गोलविहीन बनाउन सफल भएको थियो।

पहिलो हाफको २८ औँ मिनेटमा मोरक्कोका नौसइर मजौरीले डिबक्समा फाउल गर्दा फ्रान्सले पेनाल्टीको मौका पाएको थियो । क्लियन एम्बाप्पले प्रहार गरेको बललाई मोरक्कोका गोलरक्षक यासिर बुनौले उत्कृष्ट रक्षा गरे ।

दोस्रो हाफको ६० औँ मिनेटमा क्लियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए । विश्वकपमा यो एम्बाप्पेको २० औँ गोल हो ।

खेलको  ६५ औँ मिनेटमा उसामन डेम्बेलेले गोल गर्दै अग्रता दोब्बर बनाए । सेमिफाइनलमा फ्रान्सले स्पेन र बेल्जियमको खेलबाट तय हुने विजेतासँग खेल्नेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्