समाजमा आशा मर्‍यो भने विश्वास जीवित रहन्न, प्रधानमन्त्री गम्भीरताप्रति गम्भीर बन्नोस्- विश्वप्रकाश शर्मा – Kanika Khabar
Friday, July 10Nepali News Portal

समाजमा आशा मर्‍यो भने विश्वास जीवित रहन्न, प्रधानमन्त्री गम्भीरताप्रति गम्भीर बन्नोस्- विश्वप्रकाश शर्मा

    मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गणेश नेपालीको आत्मदाहको घटनालाई नागरिकमा बढ्दो निराशाको प्रतिनिधि घटना भएको टिप्पणी गरेका छन् ।

शर्माले सामाजिक सञ्जालमा टिप्पणी गर्दै समाजमा आशा जगाउने वातावरण निर्माण गर्न सरकार गम्भीर बन्नुपर्ने बताउदै पुराना गएर नयाँ आएपछि समाजमा अपेक्षित आशा सिर्जना हुन नसकेको र यसको कारण गहिरो रूपमा विश्लेषण गर्न आवश्यक रहेको बताएका छन् । उपसभापति शर्माले प्रधानमन्त्रीलाई समाजमा देखिएको गम्भीर निराशाप्रति संवेदनशील बन्न आग्रह गर्दै समाजमा आशा समाप्त भए विश्वास पनि जीवित नरहने बताएका छन् ।

उनले भने- ‘नागरिक फ्रस्टेसन’ को प्रतिनिधि रुप हो गणेश नेपालीको आत्मदाह । हामी पुराना गएर, नयाँ ‘आएपछि पनि समाजमा होप कृयट’ किन हुन सकिरहेको छैन, गहिराईमा गहन दृस्टी जरुरी छ । प्रधानमन्त्री गम्भीरताप्रति गम्भीर बन्नोस् । समाजमा आशा मर्‍यो भने विश्वास जीवित रहन्न !’

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्