पद्मोदयमा चार सदस्य निर्वाचित – Kanika Khabar
Saturday, July 11Nepali News Portal

पद्मोदयमा चार सदस्य निर्वाचित

    मा प्रकाशित

घोराही । पद्मोदय पब्लिक नमुना मावि घोराहीको विद्यालय व्यवस्थापन समिति सदस्यका लागि भएको निर्वाचनबाट चार सदस्य निर्वाचित भएका छन् ।

जसअनुसार सबैभन्दा धेरै मत लिएर बुद्धिराम पुन (१५५) निर्वाचित हुनुभएको छ । त्यस्तै भीमबहादुर पुन (१२०), सिर्जना पाण्डे रावत (१५९) र लिला सारु (१४९) निर्वाचित भएका छन् ।

कूल ११ जना उम्मेदवारमध्ये चार चार जनाले दुई समूह बनाएका थिए । जसमध्ये एउटा समूहबाट बुद्धिराम र भीमबहादुर तथा अर्को समूहबाट सिर्जना र लिला निर्वाचित भएका छन् । शनिवार भएको निर्वाचनमा ४१५ मत खसेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्