गणेश नेपालीकी श्रीमतीको नागरिकता र विवाद दर्ता बन्यो – Kanika Khabar
Sunday, July 12Nepali News Portal

गणेश नेपालीकी श्रीमतीको नागरिकता र विवाद दर्ता बन्यो

    मा प्रकाशित

काठमाडौँ । त्रिपुरेश्वरमा पेट्रोल खन्याएर आत्मदाह गरेका गणेश नेपालीकी श्रीमती एकमाया नेपालीले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा गृहमन्त्री सुधन गुरूङले नेपालीलाई नागरिकताको प्रमाणपत्र दिएका हुन् ।

उनीहरूको चार वर्षअघि विवाह भए पनि अहिलेसम्म नागरिकता नबनेको र विवाह दर्ता पनि नभएको पाइएपछि विशेष अवस्था भएको भन्दै काठमाडौँबाट एकमायालाई नागरिकता दिइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिएका छन् । साथै उनको विवाह दर्ता पनि गरिएको पौडेलले बताएका छन् । अब उनको राष्ट्रिय परिचय पत्र पनि बनाइदिने उनले बताए  ।

राहदानी विभाग अगाडि आफैमाथि पेट्रोल खन्याएर आगो लगाएका गणेशको शुक्रबार उपचार क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि आइतबार सरकार पक्ष र परिवारबीच ९ बुँदे सहमति भएको छ।

परिवार र सरकारबीच सहमति भएसँगै अब परिवारले शव बुझ्न सहमत भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्