कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ६ उपसमिति संयोजक चयन – Kanika Khabar
Sunday, July 12Nepali News Portal

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ६ उपसमिति संयोजक चयन

    मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न ६ वटा उपसमितिका संयोजक चयन गरेको छ ।

प्रतिष्ठानका प्रमुख तथा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा असार २५ र २६ गते बसेको प्रतिष्ठानको पाँचौँ बैठकले प्रतिष्ठानलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित प्रमुखको प्रस्तावमा विभिन्न उपसमितिका संयोजक चयन गर्ने निर्णय गरेको  कायममुकायम मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

बैठकले अपाङ्गता संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको संयोजकमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको संयोजकमा रेशम गुरुङ, दुर्व्यसनमुक्त समाजका लागि सचेतना तथा समन्वय उपसमितिको संयोजकमा डा. डीबी सुनार, पूर्व आप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिको संयोजकमा विज्ञान प्रसाईँ, सार्थक सम्प्रेषण उपसमितिको संयोजकमा मोहन गजुरेल तथा कृषि तथा कृषि उद्यम उपसमितिको संयोजकमा सीताराम काफ्लेलाई जिम्मेवारी दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्