उद्योगमन्त्री यादव र अष्ट्रेलियन राजदूत अर्न्स्टबीच शिष्टाचार भेटवार्ता – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

उद्योगमन्त्री यादव र अष्ट्रेलियन राजदूत अर्न्स्टबीच शिष्टाचार भेटवार्ता

    मा प्रकाशित

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अष्ट्रेलियन राजदूत साइमन अर्न्स्टबीच आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। मन्त्रालयमा भएको उक्त भेटघाटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्यका विविध आयामबारे विस्तृत छलफल भएको छ।

भेटवार्ताका क्रममा मन्त्री यादवले नेपालको विकास प्रयासमा अष्ट्रेलियाले  पुर्‍याउँदै आएको निरन्तर सहयोगको  प्रशंसा  गर्दै आगामी दिनमा दुई देशबीचको आर्थिक र व्यापारिक सम्बन्ध अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

भेटका क्रममा राजदूत अर्न्स्टले वर्तमान सरकारको कार्यदिशा र गतिसँग  अष्ट्रेलियन  सरकार सँगसँगै अगाडि बढ्न र सहकार्य गर्न इच्छुक रहेको स्पष्ट पारेका थिए । सो अवसरमा दुई देशबीच भइरहेको आयात-निर्यातको वर्तमान अवस्थाबारे समीक्षा गर्दै व्यापारलाई थप सन्तुलित र प्रभावकारी बनाउने विषयमा संवाद भएको थियो ।

यसैगरी,  अष्ट्रेलियामा  रहेका नेपाली समुदाय (डायस्पोरा) को माध्यमबाट दुई देशबीचको व्यापार, पर्यटन तथा लगानी प्रवर्द्धन गर्न सकिने सम्भावनाका विषयमा पनि सकारात्मक छलफल भएको बताइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्