काठमाडौंमा पाँच सवारी एकापसमा ठोक्किँदा १० जना घाइते – Kanika Khabar
Friday, July 17Nepali News Portal

काठमाडौंमा पाँच सवारी एकापसमा ठोक्किँदा १० जना घाइते

    मा प्रकाशित

काठमाडौँ । काठमाडौं महानगरपालिका–४ स्थित कतार भिसा केन्द्रअगाडिको सडकमा शुक्रबार पाँच वटा सवारीसाधन एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।

दुर्घटनामा भारतीय नम्बर प्लेटको कार, एउटा ट्याक्सी तथा तीन वटा मोटरसाइकल संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चाबहिलबाट चक्रपथतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको कारसँग ट्याक्सी र तीन मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा सवारी चालक तथा यात्रुसहित १० जना घाइते भएका छन् ।

घाइतेमध्ये काठमाडौं बसुन्धाराकी ६५ वर्षीया कुन्तिमाया लिम्बूको टाउको र हातमा गम्भीर चोट लागेको छ। अन्य घाइतेमा सिवानी शाही, सुशान्त शाही, विकी शाहा, उर्जा लामा, निउजित शाह, विष्णुमाया खापुङ, पार्वती तामाङ, बिनोद थापा मगर र जीवन राना मगर रहेका छन्। उनीहरूको अवस्था मध्यमदेखि सामान्य रहेको प्रहरीले जनाएको छ ।

सबै घाइतेको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न सबै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्