दिल्लीका १६ मेट्रो स्टेशन अर्को सूचना नभएसम्म बन्द – Kanika Khabar
Wednesday, July 22Nepali News Portal

दिल्लीका १६ मेट्रो स्टेशन अर्को सूचना नभएसम्म बन्द

    मा प्रकाशित

काठमाडौँ । काठमाडौँ । भारतको राजधानी दिल्लीस्थित जन्तर मन्तरमा ककरोच जनता पार्टीको आव्हानमा जारी प्रदर्शनका कारण दिल्लीमा १६ वटा मेट्रो स्टेशन अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ।

दिल्ली मेट्रो रेल निगमले सुरक्षा कारणले ती स्टेशनहरू अस्थायी रूपमा बन्द गरिएको जनाएको हो ।

निगमका अनुसार लोक कल्याण मार्ग, राजीव चौक, पटेल चौक, रामकृष्ण आश्रम मार्ग, बाराखम्बा रोड, सर्वोच्च अदालत, सेवा तीर्थ, जनपथ, मण्डी हाउस, केन्द्रीय सचिवालय, आईटीओ, दिल्ली गेट, इन्द्रप्रस्थ, खान मार्केट, जोर बाग र शिवाजी स्टेडियम स्टेशन बन्द रहनेछन् ।

यद्यपि, राजीव चौक, मण्डी हाउस र केन्द्रीय सचिवालय स्टेशनमा यात्रुहरूले मेट्रो लाइन परिवर्तन (इन्टरचेन्ज) गर्ने सुविधा भने यथावत् उपलब्ध रहने दिल्ली मेट्रो रेल निगमले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्