लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ – Kanika Khabar
Thursday, July 23Nepali News Portal

लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ

    मा प्रकाशित

सिरहा । आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ परेका छन् । हधिकृत युवराज पाल ५ लाख रूपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका ह्न् ।

अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई कार्यालय परिसरमै रङ्गे हात नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानअनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८र७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने क्रममा पालले अडिट प्रक्रिया अगाडि बढाइदिन ५ लाख रूपैयाँ मागेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले कर अधिकृत पालमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्