बस्ती माथिबाट पहिरो झर्न थालेपछि हिमालीका ९६ परिवार विस्थापित – Kanika Khabar
Sunday, April 28Nepali News Portal

बस्ती माथिबाट पहिरो झर्न थालेपछि हिमालीका ९६ परिवार विस्थापित

    मा प्रकाशित

कनिका खबर
भदौ १, बाजुरा
बाजुराको हिमाली गाउँपालिकामा बस्ती माथिबाट पहिरो झर्न थालेपछि स्थानीय विस्थापित भएका छन् । जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाको वडा नं ५ क्युडी गाउँ माथिबाट पहिरो झर्न थालेपछि ९६ परिवार विस्थापित भएका हुन् ।

गत एक सातादेखि लगातार परिरहेको वर्षाका कारण बस्ती माथिबाट पहिरो झर्दा ७ घरमा क्षति भएको हो भने गाउँ नै उच्च जोखिममा परेपछि स्थानीय अहिले विभिन्न स्थानमा पाल हालेर बसीरहेका हिमाली गाउँपालिकाका प्रवक्ता रमेश विकले पुष्टि गर्नुभएको छ । गाउँमाथिबाट पहिरो झर्न थालेपछि अहिले गाउँले स्थानीय मन्दिर क्षेत्रदेखि विभिन्न स्थानमा त्रिपाल टाँगेर बसी रहेका उहाँले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्