गृहमन्त्री गुरुङ सुनसरी जाँदै – Kanika Khabar
Friday, July 31Nepali News Portal

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

    मा प्रकाशित

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जान थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटपछि गृहमन्त्री गुरुङ सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज जान लागेका हुन् ।

मन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र सोही झडपमा घाइते भइ उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । मन्त्री गुरुङसँगै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता पनि सुनसरी जान लागेकी छिन् । सुनसरी मन्त्री मेहताको गृह जिल्ला हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्