साम्प्रदायिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न ३६ जना पक्राउ – Kanika Khabar
Friday, July 31Nepali News Portal

साम्प्रदायिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न ३६ जना पक्राउ

    मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न जिल्लाबाट ३६ जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार साउन १५ गते साँझ ५ बजेसम्म गरिएको कारबाहीमा सबैभन्दा धेरै धनुषाबाट १८ जना पक्राउ परेका छन् । त्यसैगरी सर्लाहीबाट ८ जना, सिरहाबाट ५ जना, महोत्तरीबाट २ जना र पर्साबाट १ जना पक्राउ परेका छन्।

प्रहरीले विभिन्न जिल्लामा साम्प्रदायिक सद्भाव बिथोल्ने तथा सामाजिक शान्ति भंग गर्ने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाउँदै कानुनी कारबाही अघि बढाइएको जनाएको छ ।

नेपाल प्रहरीले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा सार्वजनिक शान्ति कायम राख्न सबैलाई संयमित हुन आग्रह गर्दै कानुनविपरीतका गतिविधिमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट गरेको छ ।

प्रहरीले ‘विविधतामा एकता, हाम्रो पहिचान’ भन्ने सन्देशसहित सबै समुदायलाई आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न पनि अपिल गरेको छ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्