काठमाडौंसहित देशका अधिकांश स्थानमा मौसम बदली हुने – Kanika Khabar
Friday, May 3Nepali News Portal

काठमाडौंसहित देशका अधिकांश स्थानमा मौसम बदली हुने

    मा प्रकाशित

कनिका खबर
भदौ २, काठमाडौं

आज काठमाडौंसहित देशभरको मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा कतै घाम कतै बादल देखिए पनि आज मौसम दिनभर बदलीने सम्भावना रहेको मौसमविद्हरूले बताएकाछन् । दिउँसो भने देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखकाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर मौसम आांशिकदेखि सामान्य बदली हुनेछ । काठमाडौं उपत्यकासहित गण्डकीदेखि पूर्व अर्थात् प्रदेश १, २, बागमती प्रदेशमा अहिले हल्का बर्षा भएकोछ । प्रदेश ५, कर्णाली र सुदूरपश्चिममाचाहिँ अलि बाक्लो बादल देखिएको छ । तर अपराह्नपछि बदली भई देशका केही स्थानमा हल्कादेखि मध्यसम्म वर्षाको सम्भावना छ । अहिले न्यून चापीय रेखा दक्षिणतर्फ छ भने भारत बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा जलवाष्पयुक्त हावा भित्रिरहेको छ । त्यसैका कारण बदली र वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्